Dhulikhel Eco Banner new

विदेशबाट आउँदै हुनुहुनछ ? थाहा पाउनुहोस् के–के सामान ल्याउन पाइन्छ ?

13.6K
shares

काठमाडौं, १३ असोज । हिन्दु नेपालीहरुको महान चार्ड बडा दशैँ सुरु भइसकेकको छ । विदेशमा रहेकाहरु तथा काम विशेषले घरभन्दा टाढारहेकाहरु आफ्नो जन्मथलो फर्किन थालेका छन् । दशैँलाई नेपालीहरुले भेटघाटसँगै उपहार आदानप्रदानका रुपमा लिने गरेका छन् ।

तर तपाई विदेशमा हुनुहन्छ भने तपाइले चाहेजति र चाहेको जस्तो उपहार ल्याउन पाउनु हुँदैनन् । सरकारले विदेशबाट आउदा सित्तैमा ल्याउन पाउने र राजश्व तिरेर ल्याउन मिल्ने सामानको विवरण नै जारी गरेको छ । सरकारले तोकेको मात्रा र तोकेको सामान बाहेक अन्य सामान ल्याएको खण्डमा विमानस्थलमा नै जफत हुन्छ ।

नेपाल सरकारले ल्याउन नपाउने र ल्याउन पाए पनि त्यसको मात्रा जानकारी नपाएर धेरै नेपालीहरुले दुःख पाउने गरेका छन् । कानूनले तोकेभन्दा बढी र कानुनने ल्याउन नपाउने भनि प्रतिबन्ध लगाएको सामान ल्याएमा त्यस्तौ सामान जफथ हुने सरकारले जारी गरेको राजपत्रमा उल्लखे गरिएको छ । राजपत्रमा सरकारले भन्सार छुट र भन्सार तिरेर ल्याउन मिल्ने सामानको जानकारी दिएको छ ।

विदेशबाट आउने व्यक्तिहरुले प्राय जसो उपहार वा घरायसि प्रयोगका लागि सुन, चाँदाी, मोबाइल, ल्याप्टप, टिभी लगायत सामग्रि ल्याउने गरेका छन् । सरकारले जारी गरेको सूचना अनुसार नेपाली नागरिकले विदेशबाट फर्किदा ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरेरै ल्याउन पाइन्छ । त्यस्तै ५० ग्रामभन्दा बढी सुनका गहना ल्याउँदा प्रतिदशग्राम १० हजार ५०० रुपैयाँ भन्सार महशुल तिरेर ल्याउन मिल्ने राजपत्रमा उल्लख गरिएको छ ।

तर, काँचो सुन (सुनका बिस्कुट) १ ग्राम ल्याउँदा पनि भन्सार लाग्ने व्यवस्था रहेको छ । भन्सार तिरेर ल्याउन पनि १०० ग्रामसम्मको काँचो सुन ल्याउन पाउने व्यवस्था रहेको छ । सोभन्दा बढी सुन ल्याएमा जफत गरिने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले ५ सय ग्रामसम्मको चाँदीको गहना र १ लाख रुपैयाँसम्मको जवाहिरात जडित सुनका वा चाँदीका गहना साथमा ल्याउँदासमेत भन्सार छुट दिएको छ । भन्सार विभागले प्रकाशित गरेको सूचनामा विदेशबाट १ बोटल मदिरा भन्सार छुटमा ल्याउन मिल्ने उल्लेछ । १ बोटलभन्दा बढी मदिरा भने भन्सार तिरेर पनि ल्याउन नपाउने कानुनी व्यवस्था रहेको छ । यदि तपाई एक बोटलभन्दा बढी मदिरा ल्याउने सोचमा हुनुहुन्छ भने त्यो जफत हुने छ ।

विदेशबाट फर्किदा ट्याबलेट वा ल्यापटप वा डेक्सटप कम्प्युटरमध्ये कुनै एउटा सामान एक थान भन्सार नतिरी ल्याउन मिल्छ । यस्तै, घडी क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक थान ल्याउँदा पनि भन्सार नलाग्ने सूचनामा उल्लख गरिएको छ ।

विदेशमा रहेका नेपाली नागरिकले आफुलाई आवश्यक पर्ने केही सामानहरु भन्सार महशुल तिरेर पनि ल्याउन सक्छन् । तर, भन्सार तिरेर ल्याउन मिल्ने सामानको पनि सीमा तोकिएको छ । जस्तो, विदेशबाट फर्किदा नेपाली नागरिकले एक थान टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पङ्खा, रेडियो ल्याउन पाउँछन् ।

यस्तै, राजस्व तिरेर पन्ध्र थानसम्म लुगाफाटा, जुत्ता, कष्मेटिक्स लगायतका सामान पनि ल्याउन सकिन्छ । घरायसी प्रयोगका उपकरण मिक्सर, जुसर, सिलाई मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता सामान भने दुई÷दुई थान सम्म ल्याउन मिल्छ ।