Dhulikhel Eco Banner new

जग्गा कित्ताकाटका लागि डिजिटल प्रणालीबाट गर्न निर्देशन

6.34K
shares

काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले जग्गाको कित्ताकाट गर्दा डिजिटल प्रणालीबाट गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचाना जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जमिन कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल माध्यामको प्रयोग गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा अनलाइन प्रणाली ‘मेरो कित्ता प्रणाली’मार्फत् सेवा लिन निर्देशन दिएको छ । ‘कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरणसहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

‘नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत् सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत् सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई ‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत् कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ ।’