Dhulikhel Eco Banner new

दशैंमा पनि किन सुधारिएन रेमिट्यान्स ?

5.34K
shares

काठमाडौं, १४ असोज । नेपाल कृषि प्रधान मुलुक हो । तर यो देशको अर्थतन्त्र भने कृषिमा निर्भर छैन । बरु, रेमिट्यान्समा निर्भर छ । अहिले हाम्रो देशको अर्थतन्त्रका लागि रेमिट्यान्स भनेको ‘घरको मुल खम्बा’ हो । पछिल्लो समय रेमिट्यान्स घट्दा भने मुलुक बाह्य क्षेत्रको दववामा पर्यो । आयातका लागि धेरै पैसा विदेशिने तर विदेशबाट आउने रेमिट्यान्स भने घट्दा अर्थतन्त्रलाई समस्या पर्यो । नेपालीहरुको ठूलो चाड दशैंलाई रेमिट्यान्सको सिजन मानिन्छ । तर, यस पटक भने दशैंमा पनि खासै रेमिट्यान्सको रौनक छैन । दशैंमा रेमिट्यान्सको विषयमा हामीले केही रेमिट्यान्सका कार्यकारी प्रमुखहरुलाई सोधेका छौँ । प्रस्तुत छ, रेमिट्यान्सकर्मीहरुको भनाईको सम्पादित अंशः

सुमन पोखरेल
(आइएमई रेमिट)
नेपालमा रेमिट्यान्स भित्रिने भनेको दशैँको समयमा अरु भन्दा धेरै मात्रामा रेमिट्यान्स भित्रिने गरेको छ । कोभिडको समयमा रेमिट्यान्स बढेको थियो । दशैँको समयमा हरेक वर्ष रेमिट्यान्स बढ्छ नै । यो वर्ष पनि बढ्नै पर्छ । अरु समयको भन्दा दशैँको समयमा १० देखि १५ प्रतिशतसम्म रेमिट्यान्स बढ्ने गरेको छ । यो वर्ष पनि विदेश जाने नेपालीको संख्या बढेकाले पनि रेमिट्यान्स बढ्छ ।

राजिव महर्जन
(प्रमुख कार्यकारी अधिकृत, सेवा रेमिट)
अघिल्ला वर्षहरुको दशैँको भन्दा यो वर्ष दशैँ आउँदा पनि रेमिट्यान्स भित्रिने क्रममा वृद्धि हुन सकेको छैन । गत वर्षकोभन्दा यो वर्षको दशैँको समयमा रेमिट्यान्स आउने क्रम घटेको छ । तत्कालको अवस्थामा रेमिट्यान्स घटिरहेको छ । चाडपर्वको समय भने पछि रेमिट्यान्स आउने क्रम केही मात्रामा बढ्नै पर्ने हो । तर अहिले भने त्यस्तो हुन सकेको छैन ।

कोभिडको समयलाई छोडेर अन्य समयमा चाडपर्वको समयमा नेपालमा रेमिट्यान्स बढ्ने गरेको छ । कोभिडभन्दा पहिलेका दशैँको तुलनामा यो वर्ष रेसियो बढ्न नसक्नुको कारण थाहा हनु सकेको छैन् । अघिल्ला दशैँमाभन्दा यो वर्षको दशैँको समयमा करिब ३० प्रतिशतले घटेको छ ।

अघिल्ला वर्षहरुमा एक महिना अघिदेखि रेमिट्यान्स आउनु सुरु हुन्थ्यो । यो वर्ष पनि त्यस्तै हुनु पर्ने हो तर त्यसो हुन सकेको छैन् । अझै पनि समय त बाँकी छ तर जुन मात्रामा हुनु पर्ने हो सो मात्रामा भने ग्रोथ हुन सकेको छैन ।

रितेश मित्तल
(प्रमुख कार्यकारी अधिकृत, नेपाल रेमिट तथा उपाध्यक्ष, नेपाल रेमिट एसोसिएसन)

अघिल्ला वर्षहरुमा दशैँको समयमा रेमिट्यान्स आउने क्रम बढ्ने गरेको थियो । विगतका २–३ वर्ष देखि रेमिट्यान्स भित्रिने क्रममा गिरावट आइरहेको थियो । कोभिडको समयमा सोचेकोभन्दा राम्रो रेमिट्यान्स भित्रिए पनि यो वर्षको दशैँमा भने सोचेको जस्तो रेमिट्यान्स अहिलेसम्म आउन सकेको छैन ।

अहिले दशैँ नेपालीको घर आगनमै आइसकेको छ । तर पनि रेमिट्यान्समा वृद्धि हुन सकेन ।
चाडपर्वको अवरमार पनि रेमिट्यान्स वृद्धि हुन नसक्नुको अच्चमको विषय भएको छ । दशैँमा ३० देखि ४० प्रतिशत बढ्ने गर्छ, तर यो वर्ष अमेरिकी डलर बाहेक अन्य मुद्रा कमजोर भएकाले पनि रकम होल्ड भएको हो कि भन्ने आंशमा छ ।

अहिले अधिकांश देशको करेन्सीमा १० प्रतिशतको गिरावट आएको छ । घट्नेभन्दा पनि दशैँको समयमा बढ्ने क्रम नदेखिएकाले अच्चम लागिरहेको छ । अघिल्ला महिनाहरुजस्तै नै रहेको छ दशैँ सुरु भइसकेको छ ।

दिवाकर थापा
(प्रमुख कार्यकारी अधिकृत, वेष्टर्नयुनियन रेमिट)

नेपालीहरुको महान चार्ड दशैँ घर आगनमा आइसकेको छ । दशैँको मसयमा नेपालमा रेमिट्यान्स आउने क्रम बढ्ने गर्छ । तर यो वर्ष भने दशैँको समयमा राम्रो हुने रेमिट्यान्स बढने सकेको छैन् । राष्ट्र बैंक र रेमिट्यान्स कम्पनीहरुले पनि चाडपर्वको समयमा रेमिट्यान्स बढ्ने आँकलन गरेका हुन्छन् तर यो वर्ष भने यो अवस्था ठ्याक्कै उल्टो देखिएको छ ।

अहिले नेपालीहरुको महान चार्ड दशैँ सुरु भइसहेको छ । तर पनि रेमिट्यान्स भित्रने क्रममा जनु गतिमा वृद्धि हुनु पर्ने थियो त्यहि गतिमा हुन सकिरहेको छैन् । विदेशमा रहेका नेपालीहरुले सप्टेम्बर महिनादेखि नै रेमिट्यान्स पठाउने गरेका छन् । तर यो वर्ष सोचेजस्तो मात्रामा रेमिट्यान्स आउन सकेको छैन् । तर यो वर्ष त्यो सिनारियो देखिएको छैन् ।

विदेश जाने नेपालीको संख्यामा बढी रहेकाले यो वर्ष रेमिट्यान्स बढ्नु पर्ने हो त र त्यस्तो हुन सकेन् । यो वर्ष पनि गत वर्षको हाराहारीमा मात्रै रेमिट्यान्स भित्रिएको छ । गत वर्षको भन्दा यो वर्ष अवस्था फरक छ । कोभिडका कारणले गत वर्ष समस्या भए पनि यो वर्ष अहिले छैनन् ।

रेमिट्यान्स घट्नुको कारणका बारेमा केही पनि भन्न सक्ने अवस्था छैन । चाडपर्वको सिजनमा देखिनु पर्ने सिनारियो देखिएको छैन । सबै कम्पनीहरुले आकर्षक अफर पनि ल्याएका नै छन् । विदेश गएकाहरु कमाउनै गएका छन् । अवरोध पनि केही छैन, कोभिडका कारण अघिल्लो वर्ष केही समस्या थियो । यो वर्ष त्यस्तो अवरोध केही छैन् ।

अघिल्ला वर्षहरुमा दशैँको समयमा २० देखि २५ प्रतिशत बढी रेमिट्यान्स नेपाल भित्रिने गरेको थियो । यो वर्ष भने त्यस्तो अवस्था देखिएको छैन् । फागुन महिनादेखि रेमिट्यान्स भित्रिने क्रम बढे पनि दशैँका लागि बढ्नु पर्ने गतिमा बढ्न सकेको छैन ।