Dhulikhel Eco Banner new

पहिलो म्यानचेष्टर डर्बी आज

5.34K
shares

काठमाडौं, १६ असोज । यो सिजनको पहिलो म्यानचेष्टर डर्बी आज हुँदैछ । आइतबार साँझ हुने खेलमा म्यानचेष्टर युनाइटेड र सीटी बीचको डर्बी भिडन्त हुने भएको हो ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने छ । खेल सीटीको मैदानमा हुने छ । सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको टोलीविरुद्ध दबाब कायम राख्ने योजनामा हुने छ । यता युनाइटेड पनि आजको खेलमा जित निकालेर तालिकामा सुधार गर्ने योजनामा हुनेछ ।

जारी सिजनमा सिटी ७ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको आर्सनलको २१ अंक रहेको छ । युनाईटेड १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । युनाईटेड सिटीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । रातीनै हुने अर्को खेलमा लिड्स युनाईटेड र एस्टन भिल्ला भिड्ने छन् ।