Dhulikhel Eco Banner new

इन्टरसँग बार्सिलोना पराजित

5.27K
shares

काठमाडौं, १९ आसोज । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई १–० ले हराएको हो ।

इन्टरको जितमा हाकन काल्हानोग्लुले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

खेलको दोस्रो हाफमा बार्सिलोनाका पेड्रीको गोलले मान्यता पाएन । गोल अघिको फउलको कारण भीएआरमा उनको गोलले मान्यता नपाएको हो ।

यो जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । समूह सी मा रहेको इन्टर दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।