Dhulikhel Eco Banner new

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

5.5K
shares

काठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गर्न उनि शनिबार नै झापा गएका छन् ।

झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल छन् ।

यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहेका छन् । उनिसँगै एमालेबाट क्षेत्र नं ५ प्रदेश कमा हिक्मतकुमार कार्की र प्रदेश ख मा होमबहादुर थापालेसमेत उम्मेदवारी दर्ता गराएका छन ।