Dhulikhel Eco Banner new

आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

6.66K
shares

काठमाडौं, २३ असोज । आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालार्ई प्राप्ति गर्ने भएपछि शेयर कारोबार रोक्का भएको हो ।

दुवै संस्थाले असोज १४ गते मर्जर तथा प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर तथा प्राप्तिमा जाने भएपछि शेयर कारोकार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जानकारी गराएको छ ।