१८ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
वि.सं.२०७९ असोज २४ सोमवार ११:२७
shares

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँभन्दा बढीको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार अपरान्ह ३ बजेसम्म बोलकबोलको माध्यमबाट १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरीबिल खरिद गर्न सकिने छ । असोज २५ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।
बिक्री गरिने ती ट्रेजरीहरुमा २८ दिने अवधिको ५ अर्ब, ९१ दिने अवधिको ८ अर्ब, १८२ दिने अवधिको २ अर्ब २५ करोड र ३६४ दिन अवधिको ३ अर्ब रुपैंयाँ बराबरको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक २ गते, २०७९ पुस २६ गते, २०७९ चैत्र १२ गते र २०८० असोज २३ गते तोकिएको र यी ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले असोज १३ गते पनि १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।




















