Dhulikhel Eco Banner new

मौसममा क्रमिक सुधार, केही ठाउँमा सामान्य वर्षा हुने

4.9K
shares

काठमाडौं, २५ असोज । आज देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विद्ले बताएका छन् । सोमबारसम्म ठूलो पानी पारेको मौसमी प्रणाली आजदेखि कमजोर बन्दै गएको मौसमविद्हरुले बताएका हुन् ।

सोमबारसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ति ठाउँहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ । साँझदेखि मौसम क्रमिक रुपमा सुधार हुदै जाने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ ।