Dhulikhel Eco Banner new

कोरिया र इजरायल प्रशिक्षार्थी कामदार पठाउने कुनै निर्णय भएको छैन : महासंघ

5.9K
shares

काठमाडौं, २६ असोज । नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदारको रुपमा पठाउने कुनैपनि निर्णय नभएको जनाएको छ । महासंघले बुधवार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै कामदार पठाउने कुनैपनि निर्णय नभएको जानकारी दिएको हो ।

‘महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र मार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशीक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न संचार माध्यम एवं सामाजिक संजालमा आएका सूचना एवं समाचार सत्य नभएको महासंघ सबैमा प्रष्ट पार्दछ । दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनैपनि निर्णय नगरेको समेत सबैमा जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी प्रशिक्षार्थी कामदार पठाउने विषयमा महासंघको कुनै पनि कार्यक्रम नरहेको तथा आप्mना कुनै पनि सदस्यहरूलाई आग्रहसमेत नगरेको महासंघको विज्ञप्तिमा भनिएको छ ।