Dhulikhel Eco Banner new

एनआईबीएल एस क्यापिटलको धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

4.71K
shares

काठमाडौं, ३० असोज । एनआईबीएल एस क्यापिटलले धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा इलाममा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. प्रा. लि. को सहकार्यमा असोज २८ गते भएको कार्यक्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरी प्रसाद भुसाल र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए । यसका साथै स्थानीय लगानीकर्ताहरुका धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो ।

नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो ।

यसै कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ्ग सेवा तथा यस सम्बन्धीत अन्य जिज्ञासाहरुको बारेमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कं. का प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले जानकारी दिएका थिए ।