सुनचाँदीको मूल्य बढ्ने क्रम जारी
वि.सं.२०७९ कात्तिक १ मंगलवार ११:२६
4.34K
shares
shares

काठमाडौं, १ कात्तिक । मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । हिजो ९३ हजार ३०० मा भएको सुनको कारोबार आज भने १०० ले बढेर ९३ हजार ४०० पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, मंगलबार सुनसँगै चाँदीको मूल्य बढेको छ । चाँदी तोलामा २० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।















