Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा करिब १५ प्रतिशत राजश्व संकलन

3.99K
shares

काठमाडौं, १ कात्तिक । सरकार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पौने १५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको सुरुका तीन महिनामा लक्ष्यको १४.८७ प्रतिशत राजश्व संकलन गरेको हो ।

यो गत वर्षको सोही अवधिकोभन्दा १८.६५ प्रतिशत कम हो । सरकारले गत वर्षको सोही अवधिको हाराहारीमा पनि राजश्व संकलन गर्न नसकेको देखिएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार असोज मसान्तसम्म सरकारले २ खर्ब ८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको पहिलो त्रैमासिकमा सरकारले २ अर्ब ५५ अर्ब राजश्व संकलन गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ । सरकारले कर राजश्व तर्फ १ खर्ब ८९ अर्ब ३८ करोड र गैरकर राजश्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको तथ्यांकले देखिएको छ ।