एनआईएमबि बैंकको निमित्त सीईओमा महेश शर्मा नियुक्त
वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:२१
1.17K
shares
shares

काठमाडौं, ३१ वैशाख । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा नियुक्त भइका छन्।
बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस बैंकका सीईओ ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रा.लि सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका कारण निजले सम्पादन गर्ने सम्पूर्ण कार्य गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हो।















