युवाहरुका लागि पनि आयोग चाहिन्छ, संसदमा पुगेर त्यो विषय उठाउँछुु : सिलवाल (भिडियोसहित)
वि.सं.२०७९ कात्तिक ९ बुधवार १०:०३
shares

काठमाडौं, ९ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार बनेका निर्देश सिलवालले आफू संसदमा पुगेर युवाका पक्षमा आवाज उठाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका सिलवालले पार्टीका नेताहरुले युवाको आवाज नउठाएको भन्दै आफू युवाहरुको आवाज बनेर संसदमा प्रस्तुत हुने बताएका हुन् ।
सिलवालले विभिन्न आयोगहरु निर्माण भएको समयमा देश विकासका मेरुदण्डका रुपमा रहेको युवाहरुका लागि काम गर्ने आयोग निर्माण नहुनु दुःखत भएको समेत बताए । महिला, दलित, आदिवासी लगायत आयोगहरु बनिरहँदा युवाहरुका लागि पनि काम गर्ने आयोग आवश्यक रहेको उनको भनाइ छ ।
राजनीति पार्टीबाट चुनाव जित्दा पार्टीको ह्वीप लाग्ने भएकाले काम गर्न समस्या हुने भएकाले आफू स्वतन्त्र रुपमा उम्मेदवार बनेको उनको दाबी छ । ‘स्वतन्त्र रुपमा काम गर्नका लागि पनि पार्टीबाट अगल भएर चुनावमा आएको हुँ,’ उनले भने ।
भिडियो



















