भोलि बालगोपालेश्वर मन्दिर खुल्ने
वि.सं.२०७९ कात्तिक ९ बुधवार १६:०९
5.94K
shares
shares

काठमाडों, ९ कात्तिक । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि खुल्ने भएको छ । भाइटीकाका दिन मात्रै खुल्ला हुने यो मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको हो ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।



















