Dhulikhel Eco Banner new

राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

5.79K
shares

काठमाडौं, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्षको तिहारमा टीका लगाएनन् । राष्ट्रपति भण्डारीको माइतीमा जुठो परेकाले र प्रधानमन्त्री देउवाले पनि भ्रातृशोकमा रहेका कारण यो वर्षको टीका नलगाएका हुन् ।

माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो ।