Dhulikhel Eco Banner new

नेदरल्याण्ड माथि भारतको सहज जित

5.14K
shares

काठमाडौं, १० कात्तिक । अष्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले १२३ रन मात्रै बनाए पछि भारत ५६ रनले विजयी भएको हो ।

नेदरल्याण्डलाई सस्तैमा रोक्नेक्रममा भारतका लागि भुवनेश्वर कुमार, रविचन्द्र आश्विन, अर्शदीप सिंह र अक्षर पट्टेलले २–२ विकेट लिए । त्यस्तै मोहमद सामीले एक विकेट लिए । नेदरल्याण्डका लागि टिम प्रिन्गल सर्वाधिक २० रनको योगदान दिए । त्यस्तै कोलिन एकरम्यान १७ रनको पारी खेले ।

यस अघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि तीन जना खेलाडीले अर्धशतक प्रहार गरेका थिए । भारतले निर्धारीत २० ओभरमा २ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्मा, पूर्व कप्तान विराट कोहोली र सूर्या कुमार यादवले अर्धशतक प्रहार गरे । कोहोलीले सर्वाधिक ६२ रनको अविजित पारी खेले भने कप्तान रोहितले ५३ रन र सूर्या कुमार यादवले ५१ रनको अविजित पारी खेले । ओपनर लोकेश राहुल भने जम्मा ९ रनमा आउट भए ।

नेदरल्याण्डका लागि फ्रेड क्लासेन र पाँल भ्यान मिकरेन एक–एक विकेट लिए । पहिलो खेलमा पाकिस्थानलाई पराजित गरेको भारत यो जितसँगै तालिकाको शिर्ष स्थानमा पुगेको छ । भारतले दुई खेलबाट ४ अंक बनाएको छ । पराजित नेदरल्याण्ड भने अंक विहीन रुपमा पुछारमा रहेको छ ।