Dhulikhel Eco Banner new

श्रम कार्यालय बुटवल र पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

15.76K
shares

काठमाडौं, १३ कात्तिक । श्रम तथा रोजगार कार्यालय बुटवल र पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । यस अघि यी कार्यालय बाट पुनः श्रम स्वीकृतिमात्रै प्रदान गरिदै आएकोमा थप सेवा थप गरिएको हो ।

यी दुई कार्यालयबाट अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने काम गर्दै आएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित अन्य सबै काम वैदेशिक रोजगार कार्यालय ताहचल र वैदेशिक रोजगार विभागबाट हुँदै आएको थियो ।

विभागका अनुसार अब भने वैदेशिक रोजगारीमा जाने व्यक्ति र यससँग सम्बन्धित सरोकारवालाको सहजताका लागि श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवललाई वैदेशिक रोजगारीसँग सम्बन्धी थप काम गर्ने अधिकारसमेत प्रत्यायोजन गरिएको छ ।

विभागका अनुसार अब बुटवल र पोखरमा रहेका श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्व स्वीकृति दिने काम हुनेछ ।