एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १३:३४
shares

काठमाडौं, १८ कात्तिक । एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज अर्थात कार्तिक १८ गते शक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा सम्पन्न गरेको हो ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै उक्त साधारणसभामा बिशेष प्रस्ताव अन्र्तगत मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लि. हाल गाभ्नेरगाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लि. अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बंंैकिङ्ग व्यवसाय सञ्चालन र्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा संचालक समितिको भत्ता वृद्घि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
क्यापिटलको एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रतिनिधि तुल जंग पाण्डेले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारणसभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए ।
उक्त सभामा सञ्चालक समिति सदस्यहरु दिपक कुमार श्रेष्ठ, सृजना पाण्डे, रविन्द्र भट्टराई, र आनन्द कुमार भट्टराईको उपस्थिती रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा साधारणसभा सु–सम्पन्न भएको छ ।















