Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

4.98K
shares

काठमाडौं, २४ कात्तिक । आज नेप्से परिसूचक २३ दशमलव ५२ अंकले घटेर १,८९३ दशमलव ७० को विन्दुमा कायम भएको छ ।

आज १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाखको शेयर कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।