लगातार चौथो दिन पनि शेयर बजारमा गिरावट
वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:१५
shares

काठमाडौं, २४ कात्तिक । शेयर कारोबार हुने हप्ताको अन्तिम दिन पनि शेयर बजारमा गिरावट आएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार उच्च अंकले बढेको शेयर बजार त्यसपछिका चार दिन नै आरोलो लागेको हो ।
नेप्से बिहीबार २३ दशमलव ५२ अंकले घटेर १८९३ दशमलव ७० विन्दुमा पुगेर रोकिएको हो । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयरमा उच्च अंकको गिरावट आएको छ । आज २२६ कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर १ अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
त्यस्तै अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झण्डै चार प्रतिशतले बढेको छ ।



















