Dhulikhel Eco Banner new

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

6.47K
shares

काठमाडौं, २४ कात्तिक । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गरेका हुन । बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गरेका थिए ।