Dhulikhel Eco Banner new

चुनाव प्रचारमा रहेका रवि लामिछानेको गाडी तोडफोड (भिडियो सहित)

7.14K
shares

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा सहभागि भएका लामिछानेको गाडी माथि मुग्लिन नजिकै तोडफोड भएको हो ।

गाडी तोडफोड भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा देखिएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो घटना हुँदा पनि राज्य मुखदर्शक बनेको आरोप लगाएको छ । चुनाव निष्पक्ष र भयरहित गराउने दायित्व सरकारको भएको भन्दै यस्ता कार्यलाई नियन्त्रण गर्न पार्टीले आग्रह गरेको छ ।

भिडियो