Dhulikhel Eco Banner new

टि–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई, करन उत्कृष्ट खेलाडी

5.82K
shares

काठमाडौं, २७ कात्तिक । अष्ट्रेलियामा आइतबार सकिएको २० ओभरको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ । फाइनमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।

जितको लागि १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्याण्डको जितमा बेन स्टोक्सले सर्वाधिक ५२ रनेको योगदान दिए । जस बटलरले २६ रनको पारी खेले । पाकिस्तानका हरिस रौफले २ विकेट लिए । त्यस्तै मोहम्मद वासिम जूनियर, सादाब खान र शाहिन अफ्रिदी एक एक विकेट लिए ।

यस अघि मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले सर्वाधिक ३८ रन बनाए । त्यस्कै कप्तान बाबर आजमले ३२ रनको पारी खेले । शादब खानले २० रन जोडे । इंग्ल्याण्डका साम करनले ३ विकेट लिए । आदिल रसिद र क्रिस जोर्डनले २–२ विकेट लिए ।

यो इंग्ल्याण्डको २० ओभरमा जितेको दोस्रो विश्वकप हो । उसले १२ वर्ष अघि सन् २०१० मा २० ओरभको प्रतियोगिताको उपाधि जितेको थियो । क्रिकेटको छोटो संस्करणको उपाधि दुई पटक जित्ने इंग्ल्याण्ड दोस्रो देश बनेको छ । यस अघि वेष्टइन्डिजले टि–२० विश्वकपको उपाधि दुइ पटक जितेको छ ।

साम करन उत्कृष्ट

इंग्ल्याण्डका युवा अलराउण्डर साम करन यो प्रतियोगितको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनी फाइनको म्यान अफ दी म्यच र म्याद अफ दी सिरिज चुनिएका हुन् ।

इंग्ल्याण्डलाई च्याम्पियन बनाउन साम करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहे ।

फाइनलमा साम करनले पाकिस्तानविरुद्ध ३ महत्वपूर्ण विकेट लिए । उनले जम्मा १२ रन मात्रै खर्चेका थिए । उनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । आयरल्यान्ड र न्युजिल्यान्डसँग समान दुई दुई विकेट लिएका थिए । श्रीलंकासँग एक र भारतविरुद्ध विकेट विहीन बनेका थिए ।