प्रारम्भिक नजिता : एमाले ४, कांग्रेस र रास्व पार्टीको २–२ क्षेत्रमा अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:३२
shares

काठमाडौं, ५ मंसिर । आइतबार भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ । केही निर्वाचन क्षेत्रमा आइतबार राति देखिनै मत गन्न सुरु गरिएको हो भने केही ठाउँमा सोमबार बिहानदेखि मतगन्न सुरु गरिएको छ ।
केही निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम पनि प्राप्त हुन थालेको छ । जस अनुसार अहिलेसम्म ८ क्षेत्रको सुरुवाती मत प्राप्त भएको छ । जसमा ४ क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको । एमालेले ललितपुरका तीन वटै निर्वाच क्षेत्र र धनुषा क्षेत्र नम्बर ३ मा अग्रता कायम गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसले अहिलेसम्म २ क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ । जसमा भक्तपुर क्षेत्र नम्बर २ र मनाङमा अग्रता लिएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुई क्षेत्रमा अग्रता लिएको छ । जसमा काठमाडौं ७ र कास्की २ रहेका छन् ।

















