दोहोरो अंकले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज १ बिहीवार १५:५०
shares

काठमाडौं, १ असोज । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनएमबि हाइब्रिड फन्ड एल-२ का लगानीकर्ताले ४.४९ प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ४.१९ प्रतिशतका दरले कमाएका छन् ।
















