Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, साढे ५ अर्ब बढीको कारोबार

663
shares

काठमाडौं, १ असोज । बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन्। यसदिन ५ अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।