दुई दिनमा निक्षेप संकलन ४ अर्बले घट्यो, कर्जा प्रवाहमा पनि ३ अर्बको गिरावट
वि.सं.२०७९ मंसिर ८ बिहीवार १७:५३
shares

काठमाडौं, ८ मंसिर । मंसिरको बैंकिङ प्रणालीमा निक्षेप घटेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार निक्षेप संकलन ४ अर्बले घटेको हो ।
कात्तिक मसान्तसम्म ४५ खर्ब ६३ अर्ब रहेको निक्षेप संकलन मंसिरको २ गते आइपुग्दा घटेर ४५ खर्ब ५९ अर्बमा झरेको छ । त्यस्तै पछिल्लो तथ्यांका अनुसार कर्जा प्रवाह पनि घटेको छ । कात्तिक ३० गतेसम्म ४२ खर्ब २२ अर्ब रुपैया रहेको कर्जा प्रवाह मंसिर २ गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्बमा झरेको छ । मंसिर २ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८६.९१ प्रतिशत रहेको छ ।















