Dhulikhel Eco Banner new

अष्ट्रेलियाको पहिलो जित, ट्युनिसिया पराजित

4.6K
shares

काठमाडौं, १० मंसिर । कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । शनिबार भएको पहिले खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाको जितमा मिचेल ड्यूकले निर्णायक गोल गरे । उनले खेलेको २३ औँ मिनेटमा गरेको गोल अष्ट्रेलियालाई तीन अंक दिलाउन महत्वपूर्ण रहयो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले यो जितसँग नकआउट चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कसँग खेल्ने छ ।