Dhulikhel Eco Banner new

बैंकको कर्जा प्रहाव ४ महिनामा ४७ अर्ब मात्रै, राष्ट्र बैंकको लक्ष्य भेटाउन मुस्किल

5.85K
shares

काठमाडौं, ११ मंसिर । नेपालमा सञ्चालनमा रहेका बैंकहरुले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ४७ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गरेका छन् । बैंकहरुले साउन देखि कात्तिक मसान्तसम्म ४७ अर्बको कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार मसान्तसम्म ४१ खर्ब ७५ अर्बको कर्जा प्रवाह गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा ४२ खर्ब २२ खर्बको कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँको ऋण प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ ।

बैंकमा निक्षेप संकलनमा कमी आएसँग कर्जा प्रवाहमा पनि कमी आएको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा २२ अर्ब मात्रै निक्षेप संकलन भएको छ । जसको असर कर्जा प्रवाहमा परेको हो ।

बैंकहरुमा असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब निक्षेप रहेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा निक्षेप संकलन ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । यो बैंकले ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।

चार महिनाको अवधिमा कृषि विकास बैंकको कर्जा प्रवाह ६६ करोडले ऋणात्मक रहेको छ । कृषि विकास बैंकको असार मसान्तसम्म कर्जा प्रवाह १ खर्ब ७८ अर्ब रहेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ७७ अर्बमा झरेको छ । त्यस्तै बैंक अफ काठमाण्डूको कर्जा प्रवाह यो अवधिमा १ अर्ब ६० करोडले घटेको छ । असार मसान्तमा १ खर्ब ६ खर्ब रहेको बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ५ करोमा झरेको तथ्यांकले देखएको छ ।

त्यस्तै सेन्चुरी बैंकको कर्जा प्राह असार मसान्तमा ९१ अर्ब ४७ करोड रहेकोमा कात्तिक मसान्तमा आउँदा ३ अर्ब ८६ करोडले घटेर ८७ अर्ब ६१ करोड पुगेको छ । यता सिटिजन्स बैंकको कर्जा प्रवाह भने ४ अर्ब ४३ करोडले बढेको छ । असार मसान्तमा १ खर्ब ३५ अर्ब रेहको बैंकको ऋण प्रवाह कात्तिक मसान्तमा १ खर्ब ४० अर्ब पुगेको छ ।

त्यस्तै सिभिल बैंकको कर्जा प्रवाह १५ करोडले बढेको छ । यो बैंकको असार मसान्तमा कर्जा प्रवाह ८७ अर्ब १८ करोड रहेको थियो भने कात्तिक मसान्तमा १५ करोडले बढेर ८७ अर्ब ३३ करोड पुगेको छ । एभरेष्ट बैंकको कर्जा प्रवाहमा पनि ३ अर्ब ४८ करोडले बढेको छ । असार मसान्तमा १ खर्ब ५४ अर्ब रहेको थियो भने कात्तिकम मसान्तमा १ खर्ब ५८ अर्ब पुगेको छ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ३४ करोडले बढेको छ । असार मसान्तमा २ खर्ब ७२ अर्ब रहेको थियो भने कात्तिक मसान्तमा २ खर्ब ७३ अर्ब पुगेको छ ।

यो अवधिमा हिमालयन बैंकले कर्जा प्रवाह ५ अर्बले बढाएको छ । असार मसान्तमा १ खर्ब ५६ अर्ब ४५ करोड रहेको बैंकको कर्जा प्रवाह कात्तिक महिनामा १ खर्ब ६२ अर्ब २२ करोड पुगेको छ । त्यस्तै कुमारी बैंकको कर्जा प्रवाह पनि १ अर्ब ८७ करोडले बढेको छ । असार मसान्तमा १ खर्ब ५९ अर्ब रहेको बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा १ खर्ब ६१ अर्ब पुगेको छ ।

यो अवधिमा लक्ष्मी बैंकको कर्जा प्रवाह ९५ करोडले घटेको छ । असार मसान्तमा बैंकको कर्जा प्रवाह १ खर्ब ३२ अर्ब रहेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ३१ अर्ब पुगेको छ । माछापुच्छ्रे बैंकको कर्जा प्रवाह पनि ४ अर्ब बढीले बढेको छ । असार मसान्तमा १ खर्ब २० अर्ब रहेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा ४ अर्ब ९३ करोडले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ । त्यस्तै मेगा बैंकको कर्जा प्रवाह ३ अर्बले बढेको छ । असार मसान्तमा १ खर्ब ५० करोड रहेको बैंकको कर्जा प्रवाह कात्तिकम महिनाको अन्तिममा आइपुग्दा १ खर्ब ५३ अर्ब पुगेको छ ।

असार मसान्तमा ३ खर्ब ९ अर्ब रहेको नविल बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा ६ अर्बले बढेर ३ खर्ब १५ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा नेपाल बैंकको कर्जा प्रवाह २ अर्ब ७६ करोडले घटेको छ । असार मसान्तमा १ खर्ब ८० अर्ब रहेको बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ७८ अर्ब पुगेको छ ।

त्यस्तै एनआईसी एशिया बैंकको कर्जा प्रवाह २ अर्ब ६९ करोडले बढेको छ । असार मसान्तमा २ खर्ब ६८ अर्ब रहेको कर्जा प्रवाह कात्तिक मसान्तमा बढेर २ खर्ब ७० अर्ब पुगेको छ । यता एनएमबी बैंकको कर्जा प्रवाह ६ अर्बले बढेको छ । असार मसान्तमा १ खर्ब ८२ अर्ब रहेको बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ८८ अर्ब पुगेको छ । चार महिनाको अवधिमा नेपाल एसबीआई बैंकको कर्जा प्रवाह पनि ६ अर्बले बढेको छ । असार मसान्तमा १ खर्ब १० अर्ब रहेको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब १७ अर्ब पुगेको छ ।

यो अवधिमा प्रभु बैंकले ५ अर्ब बढीको कर्जा प्रवाह गरेको छ । बैंकले असार मसान्तमा १ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ५५ अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै प्राइम बैंकको कर्जा लगानी ७५ करोडले घटेको छ । असार मसान्तमा १ खर्ब ५४ अर्ब रहेको बैंकको कर्जा प्रवाह कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ५४ अर्बमा झरेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ६ करोडले घटेको छ । असार मसान्तमा २ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको बैंकले कात्तिक मसान्तमा २ खर्ब २७ अर्ब कर्जा लगानी गरेको छ । यो अवधिमा सानिमा बैंकको कर्जा प्रवाह ६ अर्ब ८८ करोडले बढेको छ । सिद्धार्थ बैंकको २ अर्ब ३१ करोडले घटेको छ । सानिमा बैंकले असार मसान्तमा १ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ४७ अर्बको कर्जा प्रवाह गरेको छ । सिद्धार्थ बैंकले असार मसान्तमा १ खर्ब ८६ अर्ब कर्जा प्रवा गरेको थियो भने । कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब ८३ अर्ब कायम भएको छ ।

यता स्टान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह पनि २७ करोडले घटेको छ । असार मसान्तमा ८९ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको बैंकले कात्तिक मसान्तमा आइपुग्दा ८९ अर्ब ३२ करोड पुगेको छ । त्यस्तै सनराइज बैंकका कर्जा प्रवाह पनि ७६ करोडले घटेको छ । असार मसान्तमा बैंकको कर्जा प्रवाह १ खर्ब २३ अर्ब ७७ करोड रहेको थियो भने कात्तिक मसान्तमा आइपुग्दा १ खर्ब २३ अर्ब १ करोड पुगेको छ ।