Dhulikhel Eco Banner new

धनुषा ४ : कांग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

4.81K
shares

काठमाडौं, १२ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढदै छ । मतगणनाको सुरुदेखि नै नेकपा एमाले०रघुवीर महासेठले अग्रता लिएका थिए ।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उनले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।