Dhulikhel Eco Banner new

वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको निर्देशन

6.89K
shares

काठमाडौं, १३ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नभएको गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउँने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री कुवँरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यसको जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको जानकारी गराएका छन् ।

‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौँ रकम तिर्न बाध्य छ । यो विषयमा हामी पनि अनुगममा कडाई गछौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला,’ मन्त्री कुवँरले भने । वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले म म भनेर लाग्नु पर्ने र सुधारको बटोमा अगाडी बढ्नु पर्ने उनको भनाइ थियो । उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरु सधै तयार रहेको पनि मन्त्री कुवँरको भनाइ थियो ।

कार्यममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरेका छन् । मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए ।

मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ । छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको मन्त्री कुवँरको भनाइ थियो ।

पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध समेत गरे । साथै उनले मलेसियामा सहज रुपमा कामदार पठाउने विषयमा वैदेशिक रोजगार ऐनमा भएका केही अप्ठयारो बुँदालाई संसोधन गर्न मन्त्रालय तयार रहेको पनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पिडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी दिए । म्यानपावर व्यवसायीले भने, मलेसियामा कामदार आफुहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन् । उनीहरुले बीचको एजेण्डलाई रोक्नका लागि नीति नियम बनाउन सरकारलाई आग्रह गरेका छन् ।