Dhulikhel Eco Banner new

माया खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

3.99K
shares

काठामाडौं, १४ मंसिर । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये १० लाख कित्ता शेयर निषकाशन गर्नेछ ।

त्यसमध्ये कम्पनीले अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका्को वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाको वडा नम्बर ३,४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का बासिन्दाहरुका लागि ६ हजार कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेकका स्थाई वासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर वितरण हुनेछ ।