गुगलमा नम्बर एक ब्राण्ड टीसीएल
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:००
shares

काठमाडौं, १५ मंसिर । चौधरी ग्रुप अन्तरगतको टीसीएल ब्राण्डले विभिन्न इलेक्टोनिक सामानहरु उत्पादन गरेर बजारमा ल्याएको छ । यो ब्राण्डका टेलिभिजन, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर लगायत इेलेक्टोनिक सामानहरु उत्पादन गरिरहेको हो ।
गुणस्तरलाई पहिलो प्राथमिकता दिएको कम्पनीको व्यापार अहिले पनि सन्तोषजनक नै रहेको कम्पनीका सेल्स हेड शैलेन्द्र झाको भनाइ छ । सुरुमा सीआरसी टीभीबाट यो ब्राण्डको सुरुवात भएको थियो र अहिले सीजी ग्रुपसँग सहकार्य गरेको नै करिब १२ वर्ष बितिसकेको झाको भनाइ छ । यो अवधिमा ब्राण्डले निकै राम्रो बजार निमार्ण गरेको उनी बताउँछन् ।
बजारमा देखिएको तरलता अभावले केही मात्रामा बिक्रीमा कमी आएको भए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको उनले सुनाए । विभिन्न चाडपर्व र विश्वकप फुटबलका कारणले गर्दा अहिले टेलिभिजनको व्यापार राम्रै रहेको उनले बताए । पहिले देखिनै फुटबल विश्वकपको अवसरमा ४० देखि ५० प्रतिशत टेलिभिजनको बिक्री बढ्ने गरेको झाले जानकारी दिए ।
अहिले पनि अरु समयभन्दा विश्वकपको अवसमार बिक्री बढेको उनले सुनाए । तर आर्थिक अवस्थाले गर्दा भने केही मात्रामा बिक्री कम भएको उनको भनाइ छ । विश्वकप जस्ता प्रतियोगिताको अवसरमा छुट पाइन्छ भन्न आम बुझाइ र विभिन्न अफरहरुले गर्दा पनि यो समयमा बिक्री बढ्ने गरेको उनले बताए ।
अहिलेको विश्वकपमा टीसीएल ब्राण्डले ५४ हजार रुपैयाँसम्म क्यास ब्याकको अफर ल्याएको झाले जानकारी दिए । यसले गर्दा ग्राहकलाई सस्तो पर्ने उनले सुनाए । इलेक्ट्रोनिक सामान किन्दा सेल्स सर्भिस, ब्राण्डलाई ध्यानमा राखेर खरिद गर्न उनको आग्रह छ ।
भिडियो



















