Dhulikhel Eco Banner new

सेञ्चुरी बैंकले गर्यो ५ प्रतिशत लाभांशको घोषणा

4.64K
shares

काठमाडौं, १५ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बुधवार साँझ बसेको कम्पनीको सञ्चालक समितिको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाबाट अनुमोदन पछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिएको थियो ।

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक बीच गत साउन १५ गते संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ। जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ । ती दुवै कम्पनीले आगामी पुस मसान्तभित्रनै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढाएका छन् ।