शेयर बजारमा सुधार, आज १ अर्ब माथिको कारोबार
वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:२२
shares

काठमाडौं, १५ मंसिर । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव २२ अंकले बढेको छ । हिजो ओरालो लागेको शेयरबजारमा आज भने सुधार आएको हो ।
बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ५८ प्रतिशतले बढेर १९६१ दशमलव ०६ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८२ अंकले उकालो लागेको छ । आज दिनभर भएका २१ हजार १ सय ८६ कारोबारबाट २४१ कम्पनीका ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १ सय ८५ पुगेको छ ।



















