दुई इन्स्योरेन्स कम्पनीको कारोबार फुकुवा
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ०६:३३
shares

काठमाडौं, १५ मंसिर । नेपाल स्टक एक्सचेञ्ज(नेप्से ले प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ ।
यी दुबै कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि यी दुबै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए ।
सोही अनुसार दुबै कम्पनीको शेयर आइतवार देखि कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बिच एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै साउन १ गते देखि शेयर कारोबार रोक्का भएको थियो ।
त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएपछि असार २८ गते देखि शेयर कारोबार रोक्का भएको थियो ।



















