विश्वकप फुटबल : आजदेखि नकआउट चरणका खेल सुरु
वि.सं.२०७९ मंसिर १७ शनिवार १५:०४
shares

काठमाडौं, १७ मंसिर । कतारमा जारी विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुने भएका छन् । समूहचरणका खेल सकिएसँगै शनिबारदेखि अन्तिम १६ का खेलहरु सुरु हुन लागेका हुन् ।
शनिबार राती अन्तिम १६ को दुई खेल हुनेछन् । पहिलो खेलमा नेदेरल्याण्ड र अमेरिका तथा दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् । समूह ए को विजेता नेदरल्याण्ड समूह ए को विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो भने बी को उपविजेता अमेरिका समूह बी को उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुगेको हो । यी दुई टोलिको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ ।
यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीचको खेल राति पौने १ बजे सुरु हुने छ । नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेताले पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।















