Dhulikhel Eco Banner new

फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

7.7K
shares

काठमाडौं, ४ पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश(करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई गत वर्ष ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।