Dhulikhel Eco Banner new

अर्थतन्त्र चलायमान बनाउन महोत्सव फलदायी बन्छ : सुमार्गी

5.4K
shares

जाजरकोट, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम समितिका सभापति अरुणराज सुमार्गीले अर्थतन्त्र चलायमान बनाउन मेला-महोत्सव महत्त्वपूर्ण रहेको बताएका छन् ।

जाजरकोट उद्योग वाणिज्य संघले खलंगामा आयोजना गरेको महोत्सवको उद्घाटन शत्रमा बोल्दै सभापति सुमार्गीले कोभिड पछि अर्थतन्त्र समस्यामा परेको बताए । पछिल्ला सरकारी नीतिका कारण पनि उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै उनले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

जाजरकोटमा आयोजना भएको महोत्सव यहाँका व्यापारीको मात्रै नभएर राजनीतिक पार्टी लगायत सबैको भएकोले यसलाई सबैले सफल बनाउनु पर्ने उनले बताए । मेला महोत्सवले लगानीको ढोका खोल्ने समेत उनले बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, केन्द्रीय सदस्य सुरकृष्ण वैद्य लगायतको उपस्थिति थियो । मेला महोत्सव आयोजना भएको कारण नै काठमाडौंबाट उद्योगी व्यवसायी जाजरकोट सम्म आइपुग्ने अवसर जुरेको उनले बताए ।