नेपाल भित्रियो विश्व प्रशिद्ध एकोर ग्रुप
वि.सं.२०७९ पुस १२ मंगलवार १८:३८
shares

काठमाडौं, १२ पुस । होटल व्यवसायका क्षेत्रमा विश्व प्रशिद्ध एकोर ग्रुप नेपालमा भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं एनआरएन तथा द्धि राष्ट्रिय समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले उक्त ग्रुपलाई नेपालमा भित्र्याएका हुन् ।
बस्नेतले नेपालमा आफुले संचालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडको व्यवस्थापनमा विश्व प्रशिद्ध एकोर समुह भित्र्याएका हुन् । उक्त होटललाई एकोर समुहले ‘मर्क्यूर’ ब्रान्डको नाममा संचालनमा ल्याउने भएको छ । भारतको नयाँ दिल्लीमा उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको छ । होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समुह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँच तारे होटल दि मेट्रोपोलिटनमा बस्नेतको लगानी रहेको छ ।
एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समुहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो । उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात दि मेट्रोपोलिटिनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालिन सम्बन्धको सुरुवात भएको बताए ।
उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयागग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवा समेत प्रदान गर्ने छ । साथै नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानको भनाइ छ । एकोरले नेपालमा मर्क्यूर ब्राण्डको नामबाट १०५ कोठो पाँच तारे होटल संचालनमा ल्याउने छ । काठमाडौंको सुकेधारमा निर्मार्णाधिन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै संचालनमा ल्याउने उल्लेख गरिएको छ ।



















