महासंघ व्यवसायीका विषयमै केन्द्रित छ : केन्द्रीय सदस्य वैद्य
वि.सं.२०७९ पुस १२ मंगलवार १७:४७
shares

काठमाडौं, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले जिल्लाका व्यवसायीका विषयमा काम भइरहेका बताएका छन् । मंगलबार दाङको तुलसीपुरमा आयोजना गरिएको शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य वैद्यले व्यवसायीका विषयमा महासंघले काम गरिरहेको बताएका हुन् ।
डलर सञ्चितिका बढाउनका लागि आयातमा गरिएको कडाइका विषयमा खासै केही भन्नु नपर्ने बताएका वैद्यले ब्याजदर बढाउन आवश्यक नरहेको बताए । नेपालको पैसा नेपालमा नै रहेने भएकाले ब्याज बढाउन आवश्यक नरहेको उनको भनाइ थियो । केही तरलता देखिने वित्तिकै ब्याजदर बढाउने गरिएको भन्दै यसो गर्नुको कुनै औचित्य पुष्टि नभएको उनको तर्क थियो । ‘राष्ट्र बैंक, बैंकहरु, फाइनान्स सबैमा भएको पैसा नेपालमा नै घुम्नेको हो, यस्तो अवस्थामा ब्याजदर किन बढाउनु परो,’ उनले भने ।
ब्याजदरका विषयमा महासंघले निरन्तर आवाज उठाइरहेको भन्दै सरकारले महासंघको कुरा नसुनेको उनको भनाइ छ । राष्ट्र बैंकका गभर्नरसँग पनि बारम्बार छलफल भइरहेको छ । तर छलफलमा जाँदा व्यवसायीका कुरा, अन्तराष्ट्रिय कुरा गर्ने र फर्किने बाहेक अन्य खासै उपलब्धि नभएको उनको सुनाए । ‘आफै महासंघमा बसेकाले महासंघकै विरोध गर्न नमिल्ने, त्यसो गर्दा आफ्नै विरोध गरेजस्तो हुने,’ उनले भने ।



















