GBIME

कमेडी च्याम्पियनको तेस्रो सिजनको अडिसन पुस १७ गतेबाट सुरु

1.1K
shares

काठमाडौं, १५ पुस । नेपालकै सर्वाधिक सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ बर्षदेखि सुरु हुने भएको छ ।

जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ । हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ नयाँ कमेडियनहरु पाएको छ ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।

आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ । थ्रि प्रोडक्शन प्रा.लीले यो शोको निर्माण गर्दै आएको छ ।