Dhulikhel Eco Banner new

राहदानी निर्माण सहज बनाउन विज्ञहरुको टोली गठन

6.68K
shares

काठमाडौं, १६ पुस । गृहमन्त्रालयले राहदानी, नागरिता र परिचयपत्र बनादा पर्ने कठिन समस्याहरुलाई सहज बनाउन पहल सुरु गरेको छ ।

उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।

शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए । यसलाई सहज बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । यो समस्यालाई समाधान र अध्ययनका विज्ञहरुको टाली पनि गठन गरेको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी विभागको अनुगमन समेत गरेका थिए ।
।