संसदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ‘हामी परीक्षामा छौँ’
वि.सं.२०७९ पुस २५ सोमवार १३:५३
shares

काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सांसदहरु परीक्षामा रहेको बताएका छन् । सोमबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तनका लागि संसद परीक्षा केन्द्रका रुपमा रहेको बताएका हुन् ।
‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने । परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको सेमत बताएका छन् । उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।



















