हामीलाई प्राप्त मत आशाको मत हो : रवि लामिछाने
वि.सं.२०७९ पुस २५ सोमवार १४:१४
4.9K
shares
shares

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्राप्त भएको मत आशाको मत भएको बताएका छन् । आज संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै मत अनुसारको नै सरकार बनेको बताएका लामिछानेले आफूहरुले पाएको मतलाई निराशाको मत नभएर आशाको मत भएको बताएका हुन् ।
जनताले परिवर्तन महसुश गर्ने गरि काम गरिने पनि उनको प्रतिबद्धता थियो ।



















