Dhulikhel Eco Banner new

नमुना बजारमा आगलागी हुँदा ९ पसलमा क्षति

5.33K
shares

काठमाडौं, १ माघ । झापाको दमक–६ मा रहेको नमुना बजारमा आगलागी हुँदा ९ वटा पसलमा क्षति पुगेको छ । आगलागीबाट जुत्ता तथा कपडाका पसल जल्दा लाखौँ रुपैयाँ बराबरको क्षति भएको हो ।

आइतबार बिहान करिब २ बजेतिर अचानक आगलागी सुरु भएको र त्यसबाट सबै पसलहरु जलेको इलाका प्हरी कार्यालय दमकले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन । तर, विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । दमकसहित कमल, गौरादह, कानेपोखरीका दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।