Dhulikhel Eco Banner new

यसरी टुङ्गीयो मन्त्रालयको भागबण्डा, कुन पार्टीलाई कति मन्त्रालय ?

5.85K
shares

काठमाडौं, २ माघ । सत्तारुढ गठबन्धमा रहेका दलहरुले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका छन् । सोमबार भएको छलफलबाट राजीनीतिक दलले पाउने मन्त्रालयको टुङ्गो लागेको हो ।

जस अनुसार सरकारेको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले ४ मन्त्री र १ राज्य मन्त्री पाउने भएको छ । त्यस्तै नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री पाउने सहमति भएको छ । त्यस्तै राप्रपाले उर्जा मन्त्रालय सहित दुई मन्त्रालय पाउने भएको छ ।

हालसम्म नेकपा माओवादी केन्द्रले अहिले उप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइसकेको छ । एमालेले भने उपप्रधानमन्त्री सहित अर्थमन्त्रालयमा विष्णु पौडेललाई र तीन जना विना विभागिय मन्त्रीहरुलाई सरकारमा पठाइ सकेको छ । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्रालयको जिम्मेवारी सम्मालेर सरकारमा गइसकेका छन् ।

अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति भएको बताइएको छ । तर खेलकुद मन्त्रालयमा भने माओवादीले पनि दावी गरिरहेको छ । त्यस्तै जसपाले सहरी विकास र अर्को एक मन्त्रालय, जनमत पार्टीले एक मन्त्रालय, नागरिक उन्मुक्तिले पनि एक मन्त्रालय र लोसपाले पनि एक मन्त्रालय पाउने सहमति भएको छ ।