GBIME

चितवन महोत्सवको आकर्षण मौरीको स्तम्भ

1.27K
shares

काठमाडौं, ४ माघ । १४ औँ चितवन महोत्सवमा निर्माण गरिएको मौरीको स्तम्भमा अबलोकनकर्ताको निकै आकर्षण देखियो । वरिपरि तोरी र बीचमा निमाृण गरिएको मौरीको स्तम्भमा फोटो खिचाउनेको निकै भिड लागेको थियो ।

यो महोत्वसमा मौरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको स्तम्भ नै निमार्ण गरेर प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । चितवनलाई तोरीका लागि चिनिन्छ । तोरीसहितको मौरीको प्रचारका लागि स्तम्भ निर्माण गरिएको महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र वलीले जानकारी दिए ।

यो स्तम्भमा सेल्फि खिच्नेदेखि टिकटक बनाउनेको निकै भिड देखिन्थ्यो । महोत्सवमा चितवन महोत्सवमा विभिन्न बन्य जन्तुका प्रतिमाहरु राखिएको छ । अन्यको तुलनामा मौरीमा भिड बढी रहेको थियो । त्यहाँ बाघ, गैडा लगायत वन्यजन्तुको प्रतिमा बनाएको थियो । फाइबर, माटो र फलामको रड लगायतको प्रयोग गरेर मुर्तिहरु बनाइएको संयोजक ओलीले जानकारी दिए ।

चितवनलाई आर्थिक राजधानीका रुपमा विकास गर्ने योजना अनुसार काम गर्नु पर्ने आवश्यकता रहेको उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भनाइ छ । सोही अनुसार महात्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने संघका अध्यक्ष चुननारायण श्रेष्ठको भनाइ छ ।